Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रशासकीय अधिकृतलाई हातपात गर्ने वडाध्यक्ष समातिए

सिन्धुली । सिन्धुलीमा प्रशासकीय अधिकृतलाई हातपात गरेको आरोपमा प्रहरीले वडाध्यक्षलाई पक्राउ गरेको छ ।

गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेललाई हातपात गर्ने सोही गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष दौलत बिक्रम कार्की पक्राउ परेका हुन् ।

असार १४ गते आयोजनाको विषयमा वडाध्यक्ष र प्रशासकीय अधिकृतबीच विवाद भएको थियो ।

आइतबार आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका वडाध्यक्ष कार्कीलाई पक्राउ गरेर प्रहरीले अदालतमा बुझाएको थियो । अदालतले वडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न ५ दिन म्याद दिएको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077