Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीका अध्यक्ष नेपाल युरोप प्रस्थान, कार्यवाहक अध्यक्ष बेदुराम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष बेदुराम भुसालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन्।

अध्यक्ष माधवकुमार नेपाल पार्टी कामको सिलसिलामा युरोप प्रस्थान गरेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी भुसाललाई दिइएको हो ।

अध्यक्ष नेपाल सोमबार बिहान युरोप प्रस्थान गरेका छन् । उनी स्विटजरल्यान्ड, स्पेन, बेलायत आदि देशमा पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा सहभागी हुने छन् ।

अध्यक्ष नेपाल भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077