Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ललितानिवास प्रकरणमा सर्वोच्चले अनुसन्धान गर्न आदेश दिएको भोलिपल्ट बिहानै युरोप उडे माधव

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज बिहानै युरोप प्रस्थान गरेका छन् । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालमाथि अनुसन्धान गर्न आदेश दिएको भोलिपल्ट बिहानै उनी युरोप उडेका हुन् ।

पूर्वप्रधानमन्त्री नेपाल प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन त्यसतर्फ गएको उनको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष नेपाल भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । नेपालले एकीकृत समाजवादीको कार्यबाहकको जिम्मेवारी उपाध्यक्ष बेदुराम भुसाललाई दिएका छन्।

सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न आदेश दिएको भोलिपल्ट नै नेपाल विदेश भ्रमणमा निस्किएका हुन् । आदेशले अख्तियार र सीआईबीले नछोएका नेपाल–भट्टराई छानबिनको दायरामा तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077