Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

छानबिन समितिको माग गर्दै राष्ट्रियसभा बैठकमा एमालेको अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभाको बैठकमा अवरोध गरेको छ।

सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गरेको हो।

सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म एमालेले सदन चल्न नदिने सांसद दिलकुमारी रावलले अडान सुनाइन्।

यसअघिका प्रकरणमा भएको छानबिनको स्मरण गराउँदै सरकारले तत्काल उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म अवरोध कायम रहने बताइन्।

एमालेलाई अवरोध हटाएर जान राष्ट्रियसभाको अध्यक्ष गणेश तिमल्सिनाले पटक पटक आग्रह गर्दा पनि एमालेका सांसदहरू अडानबाट पछि हटेनन्।

यता प्रतिनिधि सभाको बैठकमा पनि एमालेले अवरोध गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077