Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले सांसदले अवरोध गरेपछि राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै संसद् अवरुद्ध गरेपछि बुधबार सम्मका लागि बैठक स्थगित भएको हो ।

बैठकको सुरुमै एमाले सांसदहरु आसनबाट उठेर विरोध जनाएका थिए । त्यसपछि अध्यक्ष गणेश तिमिल्सिनाले रावललाई बोल्न समय उपलब्ध गराएका थिए ।

त्यसक्रममा रावलले सरकारमा आवद्ध राजनीतिक दलकै नेता कार्यकर्ता सुन तस्करीमा मुछिएको भन्दै सरकार सुन तस्करी प्रकरणमा निष्पक्ष छानविनको पक्षमा नदेखिएकाले बैठक चल्न नसक्ने बताइन् ।

अध्यक्ष तिमिल्सिनाले शीर्ष नेताहरुबीच संवाद चलिरहेको र समस्या समाधानको प्रयास भइरहेकाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु आसन ग्रहण गर्न मानेनन् । त्यसपछि अध्यक्ष तिमिल्सिनाले अर्को बैठक साउन २४ गते बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077