Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय लोकसभाले गर्‍यो गान्धीलाई सांसदमा बहाल

एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई भारतको लोकसभाले सांसदमा बहाल गरेको छ ।

सुरत अदालतको आदेशले गान्धीलाई सांसदबाट हटाएको भारतको लोक सभाले सोमबार बिहान गान्धीको सांसद पद कायम रहेको सूचना निकालेको हो ।

गत शुक्रबार मात्र भारतको सर्वोच्च अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई दोषी ठहर गर्ने सुरतको अदालतको फैसला बदर गरेपछि गान्धीलाई सांसद बहाल रहन बाटो खुलेको थियो ।

उनी केरलको वायनाड क्षेत्रबाट लोकसभा सदस्य छन् । उनले सन् २०१९ मा मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर विजेपीका सांसदले सुरतको अदालतमा मुद्दा दर्ता गरेका थिए ।

जसमा अदालतले उनलाई दोषी ठहर गरेको थियो । त्यो फैसलामाथि गान्धीले सर्वोच्च अदालतमा रिट हालेका थिए । लोकसभाले पद बहाल रहेको सूचना निकाले लगत्तै कांग्रेस आईका कार्यकर्ताले खुसीयाली मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077