Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एक क्विन्टल सुनकाण्ड : एसपी थापाको नेतृत्वमा सीआईबीले थाल्यो छानबिन

काठमाडौं । राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)लाई बुझाएसंगै सीआईबीले अनुसन्धान सुरु गरेको छ ।

सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीका प्रहरी उपरीक्षक (एसपी) सञ्जय थापाको नेतृत्वमा हुने सीआईबी स्रोतले जनाएको छ । विभागले आइतबार पत्रकार सम्मेलन गरेर सुन तस्करी प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु प्रहरीलाई जिम्मा लगाएको थियो ।

[insert page='239655' display='yopanipadhnuhos.php']

एसपी थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

सो प्रकरणमा राजस्व चुहावटमा २० दिनसम्म अनुसन्धान गरेको विभागले आइतबार सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएको थियो । पहिले सुन तस्करी प्रकरणको प्राविधिक पाटोमा मात्र अनुसन्धान गरिरहेको सीआईबीले सोमबारदेखि भने औपचारिक रुपमा अनुसन्धान सुरु गरेको बताईएको छ ।

सीआईबीले राजस्व अनुसन्धान विभागको अनुसन्धानलाई समेत आधार मानेर थप अनुसन्धान गर्ने छ । यसअघि राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धानमा सहयोग गर्न प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077