Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीन दलका शीर्ष नेताहरुबीच जुटेन सहमति, प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबार ३ बजेसम्मका लागि स्थगित भएको छ।

संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर अपराह्न ४ बजेका लागि सारिएको थियो। तर सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।

एमालेले सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेको छ ।

उसले यही माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ । पछिल्लो पटक सोमबार दिउँसो १ बजेलाई बैठक बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077