Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ल्हारक्याल लामा नियुक्त गर्नुले गलत सन्देश प्रवाह भयो, कांग्रेसले स्वामित्व बोक्दैन : विश्वप्रकाश शर्मा

    ल्हारक्याल लामा नियुक्त गर्नुले गलत सन्देश प्रवाह भयो, कांग्रेसले स्वामित्व बोक्दैन : विश्वप्रकाश शर्मा

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 657
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व नेपाली कांग्रेसले नबोक्ने बताएका छन् ।

    सोमबार नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।



    उनले सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गर्नुले गलत सन्देश प्रवाह भएको बताए ।



    उनले विवादास्पद छविका लामाको नियुक्तिप्रति नेपाली कांग्रेसको प्रष्ट विमति रहेको भन्दै सो निर्णयको स्वामित्व कांग्रेसले नलिने उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार