Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्कार्पियोमा १५७ किलो गाँजा तस्करी गर्ने चार भारतीयसहित ७ जना पक्राउ

बारा । बारामा ठूलो परिमाण लागूऔषध गाँजासहित ७ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराको टोलीले आइतवार बेलुका ६ बजे जितपुर सिमरा उपमहानरपालिका–२२ को जंगलबाट १५७ किलो गाँजासहित उनीहरुलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय सिमराका इलाका पति डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले गाँजासहित ७ जनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानरपालिका–१ का ३९ वर्षीय रोशन नेगी, भारत बहराइजका अलि अमहद भाट, भारत महोतीका २३ वर्षीय जमालुदिन खान, १८ वर्षीय देव कुमार, २५ वर्षीय जागिरदिन मियाँ, मकवानपुरको भीमफेदी गाउँपालिका–९ का ३० वर्षीय मुकेश लामा र जितपुर सिमराका २२ वर्षीय बुद्ध पाख्रिन गरेका छन् ।

प्रहरीले उनीहरूको साथबाट भारतीय १ वटा स्कोरपियो र भारतीय मोटरसाइकल समेत बरामद गरेको छ । लागूऔषध मुद्दामा कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077