Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्र बैंकले गर्‍यो तीन बैंकलाई कारबाही, २ करोडसम्म जरिवाना

    राष्ट्र बैंकले गर्‍यो तीन बैंकलाई कारबाही, २ करोडसम्म जरिवाना

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पटक पटक नीतिगत व्यवस्था पालना नगरेका तीन वटा बैंकलाई कारबाही गरेको छ ।

    आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासमा तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनरकानुन पालना नगरेको भन्दै राष्ट्र बैंकले प्राइम कमर्सियल, कुमारी र हिमालयन बैंकलाई कारबाही गरेको हो ।



    प्राइम कमर्सियल बैंकले कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको बैंकले जनाएको छ । यस्तै कानुन विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकाले प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको सूचनामा उल्लेख छ ।



    साथै गएको माघमा कर्जा–निक्षेप अनुपात कायम नगरेको कुमारी बैंकलाई ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ तथा कात्तिकमा कर्जा–निक्षेप अनुपात कायम नगरेको हिमालयन बैंकलाई एक करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ जरिबाना गरिएको बैंकले जनाएको छ ।

    प्राइम र कुमारी बैंक पहिलो पटक कारबाही परेका हुन् भने हिमालयनलाई दोस्रो पटक कारबाही गरिएको सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार