Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कञ्चनपुरमा बाढीमा फसेका २ महिलाको सकुशल उद्धार

महेन्द्रनगर । कञ्चनपुरको स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका २ महिलाको सकुशल उद्धार गरिएको छ।

भैँसी चराउन हिरापुरफाँटामा गएका अन्दाजी ३५ वर्षीया गौमती साउद र ४० वर्षीया निर्मला भण्डारीको सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनप्रतिनिधिको टोलीले सोमबार राति उद्धार गरेको हो। चुरे क्षेमा अत्यधिक वर्षा हुँदा स्याली नदीमा बाढी आएपछि भैँसी चराउन गएका दुवै नदीपारि बस्न बाध्य भएका थिए।

नदीमा आएको बाढीका कारण तर्न नसकेर महिला थुनिएको खबर आएपछि सशस्त्र प्रहरीलगायतको सहयोगमा गएराति डोरीको सहायताले उद्धार गरिएको शुक्लाफाँटा नगरपालिका–७ का वडा सदस्य केशवसिंह ठगुन्नाले बताए।

‘भैँसी चराउन गएका महिला घर नफर्केको खबर प्राप्त भएपछि खोजी सुरु गर्यौँ। नदीपारि थुनिएको जानकारी प्राप्त भएपछि राति अबेर उद्धारको प्रयास गर्यौँ, नदीमा पानीको बहाव उच्च भए पनि सकुशल उद्धार गर्न सफल भयौँ,’ वडा सदस्य ठगुन्नाले भने। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077