Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • योगेश भट्टराईको प्रश्न -सुन प्रकरणमा गृहमन्त्रीको बयान कसले लिन्छ ?

    योगेश भट्टराईको प्रश्न -सुन प्रकरणमा गृहमन्त्रीको बयान कसले लिन्छ ?

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 630
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको बताएका छन् ।

    १३ दिनपछि खुलेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचिव भट्टराईले यस्तो बताएका हुन् । भट्टराईले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए ।



    एमाले सचिव भट्टराईले भने,‘गृहमन्त्रीजी तपाईको फिल्ड कमिसार को छ ? फिल्ड कमिसारले तपाईंको आदेश मानेको छैन कि फिल्ड कमिसारको सूचना तपाईंले भेरिफाइ गर्नुभएको छैन ? गृहमन्त्रीसँग कसले बयान लिन्छ, सीर्आबीले लिन्छ, राजस्व अनुसन्धानले लिन्छ ? अर्थमन्त्रीसँग हाम्रो प्रश्न छ, प्रधानन्त्री कार्यालयसँग हाम्रो प्रश्न छ, राष्ट्रिय अनुसन्धान विभागसँग हाम्रो प्रश्न छ । यत्रा निकाय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदा यी कहाँ सुतेका थिए यिनीहरुमाथि प्रश्न कसले उठाउँछ ?’



    उनले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने भन्दै उच्चस्तरीय छानबिन नबने कसले बयान लिन्छ भनेर प्रश्न गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुन तस्करी प्रकरणमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भन्दै उसको भनाइ पनि उच्चस्तरीय छानबिन समिति गठनमै भएको बताए ।

    उनले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति चाहिन्छ भन्नेमा राष्ट्रिय सहमति भइसकेको दाबी गरे । छानबिन समितिको आवश्यकताबारे सदनमा जाँच गर्न आग्रह गरे । उच्चस्तरीय समिति गठन गर्नको लागि पार्टीले ह्वीप नलगाइ भोटिङ गराउन भट्टराईको माग थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार