Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माधव नेपाललाई विदेश भ्रमणको लागि छूट दिएकोप्रति रविको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले अनुसन्धान गर्न भनिएका पूर्व प्रधानमन्त्री माधव नेपाललाई विदेश भ्रमणको लागि छूट दिएकोमा आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले नेपाललाई विदेश भ्रमणको लागि छूट दिएकोमा आपत्ति जनाएका हुन् ।

सभापति लामिछानेले भने, ‘जहाँजको सीटमा बसेका नेपाल सरकारका सचिवलाई कठालोमा समातेर पक्रन्छ, अदालतले अनुसन्धान गर्नु भनेको भोलिपल्ट पूर्वप्रधानमन्त्रीलाई विदेश भ्रमणमा जान छूट दिन्छ ।’

ललितानिवास प्रकरणमा प्रहरीले संचार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाइ पक्राउ गरेको थियो । अदालतले छानबिन गर्नु भनेको भोलिपल्ट सोमवार माधव नेपाल स्विजरल्याण्ड उडेका थिए ।

लामिछानेले नेता नेपालमाथि छानबिनका लागि अदालतको आदेश नै आवस्यक नभएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077