Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले साउन २४ गते सम्मका लागि संसद बैठक स्थगित गरेका हुन् । उच्चस्तरीय छानबिन समिति गठनमा सरकारको प्रतिवद्धता नआएको भन्दै एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको थियो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका विषयमा प्रतिनिधिसभामा जवाफ दिए पनि उच्चस्तरीय छानबिन समिति गठनमा सरकारी प्रतिवद्धता नआएको भन्दै एमालेले अवरोध गरेको हो ।

सभामुख देवराज घिमिरेले भने नियमित कार्यसूचीलाई अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यसूचीलाई अगाडि बढाउने भनेपछि एमालेका सांसदहरूले नाराबाजी गरेपछि संसद्को बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

गृहमन्त्री श्रेष्ठले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने मागमा समर्थन जनाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077