Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीको पालामा बनेको समितिले ३३ किलो सुनमा १ तोला पनि पत्ता लगाएन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्ड प्रकरणमा विगतमा संसदीय छानबिन समितिको प्रतिवेदनको कार्यान्वयन नभएको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सीआईबीलाई छानिबन दिनुको सट्टा बनाइएको संसदीय समिति निरर्थक भएको बताए । ३३ किलो सुनको एक ग्राम पनि पत्ता लगाउन नसकेको उनले बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनेको छानबिन समितिको प्रतिवेदनमा उल्लेखित सुनको अत्तोपत्तो नभएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077