Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृत दिने सरकारको निर्णय

    १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृत दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 837
    SHARES

    काठमाडौं । सरकारले १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृत दिने निर्णय गरेको छ ।

    मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।



    नेपाल सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रु ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति दिने निर्णय बैठकले गरेको बताइन् ।



    यसैगरी, उनले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने र बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वकृति दिने निर्णय भएको पनि जानकारी दिइन् ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार