Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एयरपोर्ट भन्सार प्रमुख पाण्डे टेलिकमको सञ्चालक समितिमा नियुक्त

काठमाडौं । सरकारले नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डेलाई नियुक्त गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुखसमेत रहेका पाण्डेलाई अर्थमन्त्री स्तरीय निर्णयबाट टेलिकमको सञ्चालक समितिमा नियुक्त गरिएको हो ।

साउन १० गते नियुक्त भएका पाण्डेले साउन २२ मा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेपाल टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था अनुरुप पाण्डेलाई पठाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077