Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गरिब भएपछि कसैले पनि ऋण नदिएको भन्दै घरसहित शृङ्खलाबद्ध आगजनी

जुम्ला । जुम्लामा सात वटा घरसहित शृङ्खलाबद्ध आगजनीका घटना गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

यही साउन ५ र ६ गते तथा विभिन्न समयमा सात वटा घर, ट्र्याक्टर र अटो रिक्सामा आगजनी गर्ने जुम्लाको गुठीचौर गाउँपालिका–४ उखाडी घर भई चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा बस्ने रत्नबहादुर अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

नचिनेका व्यक्तिका समूहबाट जलेका भनिएका सात वटा घर अधिकारीले जलाएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

रत्नबहादुरले आफू गरिब भएकाले कसैले पनि ऋण नदिएको, उधारो पनि नपत्याउने भएकाले यस्ता कार्य गरेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीले उनलाई साउन ६ गते पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077