Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अब इमरान खानले पाँच वर्षसम्म चुनाव लड्न नपाउने

एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी ५ वर्षका लागि चुनाव लड्न प्रतिबन्ध लगाएको छ । इमरान खानलाई हालै मात्र तोशाखाना मुद्दामा जेल पठाइएको छ ।

उनी विगत केही महिनादेखि पाकिस्तानका विभिन्न अदालतमा आफूविरुद्ध लगाइएको आरोपलाई चुनौती दिइरहेका थिए ।

तर अन्ततः अगस्ट ५ मा इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो, जसको लगत्तै उनलाई पक्राउ गरिएको थियो ।

इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले पूर्वप्रधानमन्त्रीको गिरफ्तारीविरुद्ध देशव्यापी प्रदर्शनको आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077