Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेविसंघमा विवाद : समानान्तर समिति घोषणा गर्ने तयारी, सानेपामा बोलाइयो भेला

काठमाडौं । नेपाल विद्यार्थी संघमा समानान्तर केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेपाल विद्यार्थी संघमा सदस्य थप गरेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले नेविसंघ समानान्तर कार्यसमिति घोषणाको तयारी गरेको हो ।

जसका लागि दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा समानान्तर केन्द्रीय कार्यसमितिको घोषणा गर्ने तयारी गरिएको छ ।

नेविसंघको विधानले १५१ सदस्य मात्रै वैधानिक हुने भने पनि सभापतिले ७१० जनालाई अवैधानिक रूपमा मनोनयन गरेपछि आन्दोलित हुनुपरेको विद्यार्थी नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077