Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सदनको अवरोध हटाउन शीर्ष तीन दलका नेताहरु छलफलमा

काठमाडौं । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बसेको हो ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

बैठक आज बिहान ११ बजेदेखि बालुवाटारमा बसेको हो । तस्करीको सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै संसदमा अवरोध राख्दै आएको छ ।

हिजो मात्रै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका विषयमा प्रतिनिधिसभामा जवाफ दिए पनि उच्चस्तरीय छानबिन समिति गठनमा सरकारी प्रतिवद्धता नआएको भन्दै एमालेले अवरोध गदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077