Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाराको सिम्रौनगढमा बर्थिङ सेन्टर निर्माणमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरूद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

अख्तियारले सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु,लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इञ्जिनीयर सुरेशकुमार यादव,सब-इन्जिनियर उपेन्द्र कुशवाहा,उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्रप्रसाद यादव, सचिव विजयकुमार यादव र कोषाध्यक्ष कविता देवी तथा बर्थिङ सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामलोचन साह कानु, सचिव छठु गिरी र कोषाध्यक्ष अनिता देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मधेश प्रदेश सरकारको अनुदानबाट आ.व. २०७७/७८ मा सञ्चालित विभिन्न आयोजनामा काम सम्पन्न नगरी भुक्तानी गरेर रकम हिनामिना गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कानु, लेखा अधिकृत  चौधरी, इञ्जिनीयर  यादव र सब-इन्जिनियर  कुशवाहाले सामुदायिक भवन, बर्थिङ सेन्टर लगायतका आयोजनामा झूटो बिलका आधारमा ३७ लाख ९३ हजार २९२ रुपैयाँ भुक्तानी गरेको प्रवक्ता दाहालले बताए ।

निर्णय र भुक्तानी प्रक्रियामा संलग्न चारैजनाविरुद्ध भुक्तानी बराबरको रकम बिगो कायम गरिएको छ ।

सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्रप्रसाद यादव, सचिव विजयकुमार यादव र कोषाध्यक्ष कविता देवी तथा बर्थिङ सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामलोचन , सचिव गिरी र कोषाध्यक्ष अनिता लगायतसँग जनही करीब १९ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077