Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

छानबिन समितिको माग गर्दै एमालेद्वारा राष्ट्रियसभामा पनि अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै संसद् अवरुद्ध गरेपछि साउन २६ गते बिहान ११ बजे सम्मका लागि बैठक स्थगित भएको हो ।

अवरोधका कारण बुधबारका लागि तय भएका कार्यसूची अगाडि बढ्न सकेन । बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामियक विषयमा भने बोलेका थिए ।

समसामयिक विषयमा सा‌सदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरु उठेका थिए ।

एमाले सांसद विमलाकुमारी घिमिरेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन गर्न सरकार तयार नभएसम्म संसद चल्न नदिने बताइन् ।

यसअघि बुधबार नै बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमालेले अवरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077