Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

४१ अंकले बढ्यो नेप्से, १ अर्ब ८८ करोडको कारोबार

काठमाडौं । लगातार घटिरहेको सेयर बजार परिसूचक नेप्से ४१.०६ अंकले बढेको छ ।

साताको पहिलो दिन ३८, दोस्रो दिन ३ र तेस्रो दिन २८ अंकले घटेको नेप्से परिसूचक आज ४१.०६ अंकले बढेको छ ।

यसदिन बजारमा ५० लाख १० हजार ७१६ कित्ता शेयरको कारोबार हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रूपैयाँको कारोबार भएको छ ।

गत कारोबार दिन १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँ पुगेको छ।

कुल २६५ धितोपत्रको ७७ हजार ५०१ कारोबारबाट ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच भएको छ । कुल १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँ बराबरको कारोबार बुधबार भएको छ ।

हिमालयन लघुवित्त, सुपर मादी हाइड्रो, मनकामना स्मार्ट, मनकामना हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077