Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री बस्नेत

काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब, विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२, प्रादेशिक सार्वजनिकीकरण’ कार्यक्रममा बोल्दै उनले उस्तो बताएका हुन् ।

उनले दरबन्दी र उपकरणको विषयमा समेत व्यवस्थापनको लागि मन्त्रालय गम्भीर भएर लागिरहेको बताए ।

स्वास्थ्य क्षेत्रमा २० प्रतिशत बजेट कम भएको गुनासो गर्दै उनले यसअघि पनि ४० प्रतिशतसम्म कटौती भएको बजेटले स्वास्थ्य क्षेत्रमा नागरिकको अपेक्षा र आवश्यकताअनुसार काम गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077