Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कैलालीका युवकमाथि काठमाडौंमा खुकुरी प्रहार

काठमाडौं । काठमाडौंमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका-४ चण्डोल चोकमा कैलालीको टीकापुरका चक्र शाहमाथि खुकुरी प्रहार भएको हो ।

दुई पक्षबीच झगडा हुँदा शाहमाथि खुकुरी प्रहार भएको बताइएको छ । टाउको र खुट्टामा चोट लागेका उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

शाहमाथि खुकुरी प्रहार गरेपछि आक्रमण गर्ने पुरूष फरार भएका थिए । सो प्रकरणमा संलग्न रहेको भन्दै धनगढी बस्ने अन्दाजी २७ वर्षीय रविन गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगन्जले घटनाको थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077