Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कैलालीको बुढीतोलाबाट खैरो हेरोइनसहित युवक पक्राउ

कैलाली । कैलालीमा लागु औषध (खैरो हेरोइन) र नगदसहित एकजना पक्राउ परेका छन् ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले डोटीको जोरायलका मिन बहादुर मालीलाई बुढीतोलाबाट पक्राउ गरेको हो ।

उनलाई शंका लागि चेकजाँच गर्दा खल्तीमा शुद्ध तौल १३ ग्राम लागु औषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ र ५३ हजार नगद फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

यस्तै उनको साथबाट एक थान मोबाइलसमेत बरामद गरिएको छ । उनीमाथि मालाखेती प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077