Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओडारमा लुकाइएर राखिएका छ नाल भरुवा बन्दुक बरामद

बागलुङ । जिल्लामा मा ६ नाल अवैध भरुवा बन्दुक बरामद भएको छ ।

हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

गस्तीका क्रममा स्थानीयको सूचनाको आधारमा गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा रहेका पाँच नाल भरुवा बन्दुक फेला पारेकोजिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए।

बन्दुक सुरक्षित तरिकाले ओडारमा लुकाएर राखेको अवस्थामा बुधबार साँझ फेला पारेको उनको भनाइ छ।

बन्दुक कसको किन राखिएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077