Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रविको 'र्‍यापिड एक्सन टिम’ को काम अवैध, छैन वाकिटकीको अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले घोषणा गरेका कार्यक्रम एकपछि अर्को कानुनी अड्चनमा फसेका छन् ।

पत्रु बनाउनुपर्ने ना २ च ५६१६ नम्बरको एम्बुलेन्स प्रयोग गरी मोबाइल क्लिनिक सञ्चालन, नियम विपरीत बसको रङ र रुट परिवर्तन गरी ुब्लु बस’ सञ्चालन गरिएसँगै कानुनी झमेला रहेका बेला नारायणगढ–मुग्लिन सडकको पहिरोमा अवरुद्ध यात्रु र सवारी साधनलाई उद्धार गर्न खटिएको रास्वपाकै र्‍यापिड एक्सन टिम ९आरएटी० लाई पनि जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएको छ ।

रास्वपाले सञ्चार उपकरण वाकिटकी सञ्चालनका लागि कुनै निकायबाट अनुमति लिएको पाइएको छैन । कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै जाम खुलाउन सुन्तला रङको ज्याकेटमा आरएटी लेखेर वाकिटकी सञ्चार सहितका युवा खटेकामा जिल्ला प्रशासन कार्यालय चितवनले आपत्ति जनाएको छ ।

सूचना तथा प्रसारण विभागका निर्देशक तथा प्रवक्ता भरत गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीले विभागबाट हालसम्म सञ्चार उपकरण वाकिटकीको अनुमति नलिएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको र्‍यापिड एक्सन टिम (र्‍याट) ले मुग्लिन–नारायणगढ सडक खण्डको पहिरो खुलाउन तथा ट्राफिक व्यवस्थापनमा वाकिटकीसहित कालीखोलालगायतका ठाउँमा खटिएको भन्ने विषयमा प्रतिक्रिया दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर कुनै पनि स्थानका लागि वाकिटकी प्रयोगको अनुमति नलिएको जानकारी दिए ।

प्रवक्ता गौतमले सो पार्टीले स्थानीय रूपमा सञ्चलानमा रहेका निर्माण कम्पनीहरूले अनुमति लिएका उपकरणहरू प्रयोग गरेको हुन सक्ने बताए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077