Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रमेश लेखक भन्छन् – सांसद शर्मा पक्राउको कारण थाहा पाएपछि पार्टीको धारणा सार्वजनिक गर्छौं

    रमेश लेखक भन्छन् – सांसद शर्मा पक्राउको कारण थाहा पाएपछि पार्टीको धारणा सार्वजनिक गर्छौं

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 696
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सांसद सुनिल शर्मा पक्राउ पर्नुको कारण थाहा पाएपछि पार्टीको धारणा सार्वजनिक गर्ने बताएका छन् ।

    सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार अपराह्न बसेको संसदीय दल कार्यसमिति बैठकमा सांसद शर्मा पक्राउ भएकोबारे कुराकानी भएको थियो । बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मालाई पक्राउ गरेको विषय जानकारीमा रहेको बताएका हुन् ।



    तर के मुद्दामा सांसद शर्मा पक्राउ परेका हुन् भन्नेबारे आफूहरूलाई जानकारी नभएको उनको भनाइ छ । उनले भने, ‘सांसद पक्राउको विषयमा हामीलाई भर्खरै जानकारी प्राप्त भएको छ । किन, के कारणले पक्राउ गरिएको हो भन्ने विषयमा हामी जानकारी लिइरहेका छौं । कारण थाहा पाएपछि हामी धारणा सार्वजनिक गर्छौं ।’



    सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र रहेको आरोपमा पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार