Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अख्तियार प्रमुख राई र अमेरिकी ग्लोबल एन्टी करप्शनका संयोजकबीच शिष्टाचार भेट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई र अमेरिकी विदेश विभागको ग्लोबल एन्टी करप्शनको संयोजक रिचर्ड नेफ्यूबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आयोगको कार्यालय टंगालमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अभियानमा अमेरिका र नेपालबीच हुनसक्ने सहयोग, समन्वय र सहकार्य तथा भ्रष्टाचार सम्बन्धी अन्तराष्ट्रिय सूचना आदानप्रदानका विषयमा छलफल भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उक्त अवसरमा प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगको बारेमा संक्षिप्त जानकारी पनि गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077