Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गौर हत्याकाण्डबारे धारणा राख्न पत्रकार सम्मेलन गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टीले आज पत्रकार सम्मेलन गर्दैछ । दिउँसो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर १७ वर्षअघिको गौर हत्याकाण्डको विषयमा धारणा सार्वजनिक गर्न लागेको हो ।

गृहमन्त्रालय र गौरहत्या काण्डका पीडितहरू बीच गत मंगलबार भएको पाँच बुँदे सहमतिले जसपा तरंगित भएको छ ।

तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच भएको झडपमा २७ जनाको ज्यान गएको थियो ।

फोरमले गौरको राइसमिल मञ्चमा आक्रमण गरी माओवादी कार्यकर्ताको हत्या गरेको आरोप छ ।

उक्त घटनामा ज्यान गुमाउने परिवार अहिलेसम्म न्यायको अनुभूति नपाएको भन्दै आन्दोलित छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077