Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

क्विन्टल सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको छ ।

हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए राति पक्राउ गरिएको हो ।

स्रोतका अनुसार दुवै चिनियाँ नागरिक हङकङबाट क्याथे प्यासेफिकको उडानमा ल्याइएको तस्करीको सुन प्रकरणका मुख्य अभियुक्तमध्येका व्यक्ति हुन् ।

यही प्रकरणमा तिब्बती मूलका बेल्जियन र भारतीय नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् । क्विन्टल सुन तस्करी प्रकरणमा संगठित अपराधका दफा लगाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077