Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० विश्वकप छनोट खेल्ने नेपाली महिला टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोटका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

क्यानले प्रतियोगिता खेल्न रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

घोषित टोलीमा सीता रानामगर, ईन्दू बर्मा, विन्दू रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुबी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुसी डङ्गोल रहेका छन् ।

रुबी पोदार, खुसी डङ्गोल र पूजा महतो पहिलो पटक राष्ट्रिय महिला टोलीमा परेका हुन् । टीट्वान्टी विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिता अगस्त २८ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा आयोजना हुँदै छ । विश्वकपको एसियाली छनोटमा नेपालसहित ११ राष्ट्रको सहभागिता रहने छ ।

एसियाली छनोटमा नेपालका अतिरिक्त आयोजक मलेसिया, थाइल्यान्ड, यूएई, हङ्कङ, भुटान, चीन, बहराइन, कुवेत, कतार र म्यानमारले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077