Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • डिजेल चोरीमा निगमका गण्डकी प्रदेश प्रमुख नै संलग्न, चितरञ्जनविरूद्ध पक्राउ पुर्जी जारी

    डिजेल चोरीमा निगमका गण्डकी प्रदेश प्रमुख नै संलग्न, चितरञ्जनविरूद्ध पक्राउ पुर्जी जारी

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 1.3K
    SHARES

    फाइल फोटो

    कास्की । नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुख चितरञ्जन दासविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    इन्धन चोरी गरेको फेला परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले प्रदेश प्रमुख दासविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।



    प्रदेश प्रमुख दासले शुक्रबार प्रादेशिक कार्यालयबाट ३ हजार लिटर डिजेल चोरी गरी बिक्रीका लागि पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    दासले शुक्रबार दिउँसो पश्चिमाञ्चल पेट्रोल पम्पका लागि लोड भएको ग २ ख ८३६ नम्बरको ट्यांकरमा डिजेल चोरी गरी बिक्रीका लागि पठाएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशमा प्रहरीले पक्राउ पुर्जी गरेको थियो ।

    डाँडाकोनाक प्रहरीचौकीमा नापजाँचका क्रममा १२ हजार लिटर क्षमताको उक्त ट्यांकरमा १५ हजार लिटर डिजल लोड गरिएको फेला परेको प्रहरीले जनाएको छ ।

    पेट्रोल पम्पले किनेको भन्दा ३ हजार लिटर थप चोरीको डिजेल रहेकोले दासलाई पक्राउ पुर्जी जारी भएको हो । दासमाथि डिपोको लागि तोकिएको नोक्सानी लक्ष्यको दुरुपयोग गरी इन्धन चोरी गर्ने गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार