Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद् नचलेको दिन रास्वपाका सांसदहरूले सुविधा नलिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरूद्ध भएका बेला कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेको छ ।

शुक्रबार सभामुख देवराज घिमिरेलाई पत्र बुझाउँदै रास्वपा संसदीय दलका नेता रवि लामिछानेले संसद अवरूद्धका समयको कुनै पनि सेवा सुविधा आफ्ना पार्टीका सांसदले नलिने बताएका हुन् ।

सभापति लामिछानेले बुझाएको पत्रमा भनिएको छ, ‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्मननीय सभामुखमार्फत् प्रतिबद्धता जाहेर गर्छ। साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्छ ।’

संसद अवरुद्ध भइरहँदा जनताका मुद्दा, दैनानुदिनका समस्या र राष्ट्रमाथि परेका संकटहरुका विषयमा सदनमा कुरा राख्न नपाउँदा सांसदहरुको सार्वभौम अधिकार हनन हुन पुगेको सभापति लामिछानेले बताए ।

जारी अधिवेशन नियमित गर्न आवश्यक पर्ने पहलकदमी लिइदिन रास्वपाले सभामुखलाई आग्रह पनि गरेको छ । उनले सरकार र प्रतिपक्षी दलबीचको कुरा मिलाएर चाँडोभन्दा चाँडो सदन सुचारु गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077