Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सांसद भण्डारीले भने - सुनिल शर्मामाथि सरकारले प्रतिसोध साँध्यो, पक्राउ गर्नु गलत हो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सांसद सुनिल शर्मालाई पक्राउ गरेर हिरासतमा राख्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि बोल्दै सांसद भण्डारीले सरकारले शर्मामाथि प्रतिसोध साँधेर धरपकड गरेको आरोप लगाएका हुन् ।

सांसद भण्डारीले भने, ‘अदालतले सर्टिफिकेट खारेज गर्ने हो, थुन्नैपर्छ भन्ने थिएन । प्रतिशोधमा राज्यले अनावश्यक धरपकड गर्नपर्ने थिएन । जसको शक्ति, उसको भक्ति भन्ने हुँदैन । यदि शक्ति भएकाले हतियार उठाए भने नेपालको के हालत हुन्छ ? देशमा यतिधेरै समस्या छन्, यतिधेरै लुटपाट र भ्रष्टाचार छन् राज्य यतातिर पो लाग्नुपर्छ । नचाहिने प्रतिशोधमा राज्यले आफ्नो समय खेर फाल्नु हुँदैन । यो गलत हो ।’

सांसद भण्डारीले विगतमा प्रहरीले अनुसन्धान गरेर टुंगोमा पुर्‍याइसकेको विषयमा सरकारले फेरि प्रतिसोध राखेर हात हाल्ने काम गरेको बताए ।

नक्कली सर्टिफिकट प्रकरणमा सीआईबीले बिहीबार काठमाडौंबाट शर्मालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077