Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

क्विन्टल सुन तस्करी प्रकरण : नाइके मानिएका राकेश अडुकियाका छोरा पक्राउ

काठमाडौं । सय किलो सुन तस्करी प्रकरणका नाईके मानिएका व्यापारी राकेशकुमार अडुकियाका छोरा पक्राउ परेका छन् ।

भारतबाट फर्किने क्रममा राकेशकुमारका छोरा रोहन अडुकिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले दिल्ली हुँदै नेपाल आएका अडुकियालाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको जनाएको छ ।

विवादास्पद व्यापारी अडुकियाले विगतदेखि नै हङकङमा कार्यालय खोलेर चाँदीको व्यापार गर्दै आएका थिए।

अवैध सय किलो सुन प्रकरणमा कमलपोखरीस्थित उनको घरमा राजस्वले छापा समेत मारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077