Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्रोत नखुलेको ८ लाख बढी रकमसहित एकजना पक्राउ

सिरहा । सिरहामा स्रोत नखुलेको ८ लाख बढी रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी खिरौनाबाट प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डमा खटिएको टोलीले सिरहा नगरपालिका–१७ नेपाल–भारत सिमानाबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ४८ वर्षीय संजिवकुमार साहलाई पक्राउ गरेको हो ।

बा१२प १६३७ नम्बरको मोरटसाइकलमा रहेका उनलाई शंका लागेर चेकजाँच गर्दा शरीरमा बेरिएर राखेको नेपाली रुपैयाँ २ लाख २ हजार, खल्तीबाट भारतीय रुपैयाँ ४६ हजार १०० र मोरटसाइकलमा लुकाएर राखेको नेपाली रुपैयाँ ६ लाख गरी जम्मा नेपाली रुपैयाँ ८ लाख ७५ हजार ७६० स्रोत नखुलेको रकम बरामद गरिएको छ ।

मोरटसाइकलसहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077