Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका दुई चिनियाँ छुटे

काठमाडौं । सुन तस्करी गर्ने चिनियाँ समूहमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ छुटेका छन् ।

तस्कर समूहसँग सम्बन्ध नदेखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरूलाई सामान्य सोधपुछ गरेर छाडेको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शुक्रबार बिहान चिनियाँ नागरिक लि जियालिन र लि फुयानलाई पक्राउ थियो । राजश्व अनुसन्धान विभागको पत्रअनुसार उनीहरू अध्यागमनको कालोसूचीमा थिए ।

तर सुन तस्करी गर्ने समूहसँग संलग्नताको प्रमाण नभेटिएपछि छाडिएको बताइएको छ । क्विन्टल सुन तस्करीमा संलग्न भएको आशंकामा १७ जनालाई थुनामा राखी सिआइबीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077