Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

छानबिनमा तीन हजार शैक्षिक प्रमाणपत्र

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले फरकफरक विधामा कार्यरत सरकारी कर्मचारी, प्रहरी र सार्वजनिक ओहोदामा ३ हजारभन्दा बढी व्यक्तिको शैक्षिक प्रमाणपत्र सन्दिग्ध भएको भन्दै छानबिनमा राखेको छ।

विभिन्न समयमा परेका लिखित उजुरीका आधारमा सिआइबीले शैक्षिक प्रमाणपत्र छानबिनमा राखेको हो। चिकित्सकहरू पक्राउ पनि त्यसकै एक पक्ष भएको सिआइबी स्रोतको भनाइ छ।

‘अहिले शैक्षिक प्रमाणपत्रको अनुसन्धान भइरहेको विषयमा मैले केही बोल्न मिल्दैन,’सिआइबीका प्रमुख एवं एआइजी किरण बज्राचार्यले भनिन्। उनका अनुसार यतिबेला नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर चिकित्सक भएकाहरूमाथि अनुसन्धान चलिरहेको छ।

‘चिकित्सकहरूले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा पढेको पाइएको छ, त्यसमा अनुसन्धान हुँदैछ,’ सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले भने ।

उनले अनुसन्धानमा रहेका सबै विषय अहिले खुलाउन नमिल्ने बताउँदै चिकित्सकबाहेक अन्य पेसाकर्मीहरूको पनि शैक्षिक योग्यतामाथि परेका उजुरीमा अनुसन्धान भइरहेको संकेत गरे । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077