Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्टर मियामी लिग्स कप फुटबलको सेमिफाइनलमा

एजेन्सी । लियोनल मेसी इन्टर मियामी पुगेपछि लगातार गोल यात्रा जारी राखेका छन् ।

शनिबार बिहान भएको खेलमा चारलोटे एफसीलाई डिआरभो पिएनके रंगशालामा ४-० ले पराजित गर्दै मियामी पहिलो पटक सेमिफाइनल प्रवेश गर्न सफल भएको हो ।

मेसीप्रेरित खेलमा इन्टर मियामीले लिग्स कप फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

इन्टर मियामीको जितमा जोसेफ मार्टिनेज, रोबर्ट टेलर र लियोनल मेसीले गोल गरे भने एउटा आत्मघाती गोल भएको थियो । मेसीको यो इन्टर मियामीमा आठौं गोल हो भने टिमको लगातार पाँचौं जितसमेत हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077