Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आर्थिक विकासका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : उर्जामन्त्री बस्नेत

    आर्थिक विकासका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : उर्जामन्त्री बस्नेत

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 807
    SHARES

    काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन् ।

    आज नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजित विद्युतीय सवारीसाधनको र्‍यालीमा बोल्दै उर्जामन्त्री बस्नेतले यस्तो बताएका हुन् ।



    उनले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युत प्राधिकरणले महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे ।



    उनले स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिए । नेपाल विद्युत् प्राधिकरणले भदौ १ गते आफ्नो ३८ औँ वार्षिकोत्सव मनाउँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार