Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • सत्ताको गठजोडमा लाग्नुभन्दा संविधान संशोधन गरौँ : बाबुराम भट्टराई

    सत्ताको गठजोडमा लाग्नुभन्दा संविधान संशोधन गरौँ : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 501
    SHARES

    सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्ताको गठजोडमा लाग्नुभन्दा संविधान संशोधन गर्न प्रस्ताव गरेका छन् ।

    पार्टी कामका लागि सुर्खेत आएका उनले शनिबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।



    अध्यक्ष भट्टराईले भने,‘कुनै पनि दलको बहुमत नहुने, कसैले चाहे जतिबेला पनि गठबन्धन परिवर्तन हुने हुँदा हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्छ । गठजोडको खेलमा लाग्नुभन्दा संविधान नै संशोधन गरौँ, निर्वाचन प्रणाली बदलौँ भन्ने हाम्रो आग्रह हो ।’



    वर्तमान सरकारको भविष्यबारे बोल्दै उनले सत्ता परिवर्तनको खेल खेल्नुभन्दा संविधान नै संशोधन गर्नुपर्ने धारणा राखे । भट्टराईले गणतन्त्रपछि भ्रष्टाचार घट्नुको साटो बढिरहेको बताए ।

    भ्रष्टाचारका घटनाहरु उच्चस्तरीय आयोगमार्फत छानबिन गरिनुपर्ने तर्क उनको छ । भट्टराईले अख्तियार निकै कमजोर भएको र त्यसको काम नभएको बताउँदै ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार