Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारले सबै काण्डको छानबिन गर्ने हिम्मत राख्नुपर्छ : रवि लामिछाने

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले सरकारले सबै काण्डको छानबिन गर्ने हिम्मत राख्नुपर्ने बताएका छन् ।

सभापति लामिछानेले सरकारले मसिनो गरी छानबिन गर्नसके मुख्य दलका अधिकांश नेताहरू जेलमा जानसक्ने बताएका हुन् । उनले ललिता निवास, सुन प्रकरण र भुटानी शरणार्थी लगायतका काण्डमा सुक्ष्म रुपमा छानबिन हुने हो भने औंलामा गन्नसक्ने नेता मात्र बाँकी रहने बताए ।

सभापति लामिछानेले भने,‘सरकारले सबै काण्डको छानबिन गर्‍यो भने औंलामा गन्नसक्ने नेता बाहेक सबै जेलमा हुन्छन्, त्यो रोक्नका लागि बहानाबाजी गरिनेछ हामी निरन्तर खबरदारी गरिरहने छौं ।’

रास्वपा क्षेत्र नम्बर १ पश्चिम् नवलपरासीले शनिबार बर्दघाटमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भरतपुरमा सञ्चालन गरेको ब्लु बसको बिरोध गर्नुको कुनै अर्थ नभएको समेत बताए ।

देशमा दल र नेतृत्वको अभाव नभएर नेतृत्वमा इमान्दारिताको अभाव भएको उनले बताए । लामिछानेले यो देश सतीले सरापेको नभई जुकाहरूले चुसेको कारण बिग्रिएको बताउँदे रास्वपाले सदनमा हरेक दिन खबरदारी गर्ने जनाए ।

आफूहरूलाई नागरिकताका सवालमा मधेस विरोधी आरोपको खण्डन गर्दै सभापति लामिछानेले बिगतदेखि नै मधेसका हरेक मुद्दामा आफू लडेको र मधेसको पक्षमा उभिएको इतिहास साक्षी रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077