Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

क्विन्टल सुन तस्करी प्रकरण : व्यापारी अडुकियाका छोरा रोहन छुटे

काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन अडुकिया छुटेका छन् ।

भारतबाट फर्किने क्रममा राकेशकुमारका छोरा रोहन अडुकिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका थिए ।

दिल्लीबाट नेपाल फर्केका अडुकियालाई पासपोर्ट ‘कालो सूची’मा देखिएपछि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको सहयोगमा पक्राउ गरेको थियो ।

करिब १ सय किलो सुन तस्करीबारे अनुसन्धानको क्रममा राजस्व अनुसन्धान विभागले रोहनको पासपोर्ट ‘कालो सूची’मा राख्न पत्राचार गरेको थियो ।

अध्यागमनले पक्राउ गरेपछि सुन तस्करीको अनुसन्धान फाइल प्रहरीसँग रहेको भन्दै राजस्व र अध्यागमनले रोहनलाई सीआईबीको जिम्मा लगाउन खोजेका थिए ।  तर, रोहनलाई केन्द्रीय अनुसन्धान ब्युरोले ‘खोजेको मान्छे नभएको’ भनेर फिर्ता गरेको थियो ।

त्यसपछि उनलाई अध्यागमनको हिरासतमा राखिएको थियो । शनिवार ११ बजे उनलाई ‘बोलाउँदा उपस्थित हुने शर्त’ मा रिहा गरिएको विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । सुन प्रकरणमा पक्राउ गरिएका दुई जना चिनियाँ नागरिकलाई पनि केन्द्रीय अनुसन्धान ब्युरोले छाडेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077