Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेकै छन् : बाबुराम भट्टराई

    सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेकै छन् : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 723
    SHARES

    सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको आरोप लगाएका छन् ।

    पार्टीको प्रशिक्षण अभियानका क्रममा सुर्खेत पुगेका अध्यक्ष भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको दाबी गरेका हुन् । भट्टराईले ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने बताए ।



    अध्यक्ष भट्टराईले भने,‘यो प्रकरणमा मेरो नाम जोडिएको हुँदा छानबिन गरोस् म तयार नै छु ।मेरो पालाबाट नै ललिता निवासको विषयमा सानो निर्णय भएको हो । ३/४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो । त्यो मेरो नियतबस नभई मन्त्रिपरिषद्को निर्णय हो ।सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेका छन् ।’



    देशको जटिल भूराजनीतिक, हिमाल पहाड तराई मधेसका जातीय समुदायबीचको पहिचान र अधिकारसहित संघीय प्रदशेहरुको व्यवस्थापन, लोकतन्त्रका अपूर्णतामा शासकीय स्वरुपमा कमजोरी भएको स्वीकार्दै चरम भ्रष्टाचारको बिगबिगी र गरिबी बेरोजगारी जस्ता मुख्य समस्याहरू समाधान गर्न नेपाली कांग्रेस, एमाले र माओवादी लगायतका दलहरू खासै क्रियाशील नभएको भट्टराईले आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार