Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

बारा । बारामा ९० वर्षीय बुबा आइतसिंह घलानको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका १६ टांगियाका ६० वर्षीय दिलबहादुर घलान रहेका छन् ।

घरायसी विवादको क्रममा दिलबहादुरले कुटपिट गर्दा आइतसिंहको मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077