Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ।

अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन्।

भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरू पनि सामान्य प्रभावित बनेको छ ।

चीनबाट काठमाडौं आउने क्रममा रहेका सिचुवान एयरलाइन्स र एयर चाइनाका दुई उडानसमेत प्रतिकुल मौसमका कारण रद्द गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

गन्तब्य विमानस्थलमा असर नगरे पनि इनरुटमा असर पर्दा उडानहरु प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077